कीवर्डहरू -

आधिकारिक इमेल जाँच गर्न व्यक्तिगत इमेल प्रयोग गर्छन् राष्ट्र बैंकका कर्मचारी

आधिकारिक इमेल जाँच गर्न व्यक्तिगत इमेल प्रयोग गर्छन् राष्ट्र बैंकका कर्मचारी

नेपाल राष्ट्र बैंकका कर्मचारीले नै आधिकारिक इमेलको जाँच गर्न व्यक्तिगत इमेल प्रयोग गरेको देखिएको छ ।

६० औं वार्षिक प्रतिवेदनमा महालेखापरीक्षकको कार्यालयले राष्ट्र बैंकले आधिकारिक इमेलको जाँच गर्न व्यक्तिगत इमेल प्रयोग गरेको तथ्य बाहिर ल्याएको हो ।

राष्ट्र बैंकले बैङ्कले सूचना प्रविधि नीति, २०१८ लाई अद्यावधिक गरेपनि इनक्रिप्सन र - ईन्डेक्सनको व्यवस्था नगरेको, एप्लिकेशनको सोर्स कोडको अभिलेखाइन नभएको, जी. एल. ओ.बी.एस. 'टी.आर.जी.एस. स्वीफ्ट एस. आई. एस. जस्ता सञ्चालित एप्लिकेसनको सर्भर र लग व्यवस्थापनको जिम्मेवारी किटानी नगरेको महालेखाको ठहर छ ।

यसका साथै आईसीटी इन्टेलिजेन्स उपकरण, अपरेटिङ प्लेटफर्मको लागि अद्यावधिक जोखिम संयन्त्र निर्धारण नगरेको, आधिकारिक इमेलको जाँच गर्न व्यक्तिगत इमेल प्रयोग गरेको बैंकिङ्ग प्रणाली तथा एप्लिकेसनहरू, कर्मचारीको जिम्मेवारी र आईटी संरचनाको परिवर्तन व्यवस्थापनसम्बन्धी अपचयन नगरेको जस्ता स्थिति देखिएकोले केन्द्रीय बैङ्कको सूचना संयन्त्र अद्यावधिक गरी जोखिम व्यवस्थापनलाई न्यूनीकरण गर्ने व्यवस्था मिलाउन महालेखाले निर्देशन दिएको छ ।