कीवर्डहरू -

उपभोक्ता संरक्षण विभागको अनलाइन प्रणालीबाट आवश्यक सूचना लिन असजिलो छः महालेखा

उपभोक्ता संरक्षण विभागको अनलाइन प्रणालीबाट आवश्यक सूचना लिन असजिलो छः महालेखा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीबाट सेवाग्राहीले खोजेका आवश्यक सूचना लिन असजिलो रहेको महालेखाले बताएको छ ।

६० औं वार्षिक प्रतिवेदनमा महालेखापरीक्षकको कार्यालयले अनलाइन प्रणालीमा सफ्टवेयरबाट सेवाग्राहीले खोजेका आवश्यक सूचना लिन असजिलो रहेको बताएको हो ।

विभागले हाल फर्म व्यवस्थापन, बजार व्यवस्थापन, उपभोक्ता अधिकार व्यवस्थापन र नेपाल राष्ट्रिय एकद्वार प्रणाली समेत ४ प्रकारका अनलाइन सेवा प्रयोगमा ल्याएको छ ।

प्रयोगमा ल्याएको अनलाइन प्रणालीमा सफ्टवेयरबाट सेवाग्राहीले खोजेका आवश्यक सूचना लिन असजिलो रहेको, आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रार कार्यालय, उद्योग विभाग, महालेखा नियन्त्रक कार्यालय जस्ता सरकारी निकायहरू प्रणालीसँग आबद्ध गर्न नसकिएको, अनलाइन भुक्तानीलाई प्रणालीसँग आवद्ध गर्न नसकिएको लगायतका स्थिति देखिएकाले सुधार गरी अनलाइन सेवालाई थप प्रभावकारी बनाउन महालेखाले निर्देशन दिएको छ ।