कीवर्डहरू -

मेसिन मर्मत नहुँदा २ वर्षदेखि प्रहरी अस्पतालको एमआरआई सेवा बन्द 

मेसिन मर्मत नहुँदा २ वर्षदेखि प्रहरी अस्पतालको एमआरआई सेवा बन्द 

नेपाल प्रहरी अस्पतालको एमआईआई मेसिन मर्मत नहुँदा २ वर्षदेखि सेवाग्राहीले सेवा पाउन सकेका छैनन् ।

महालेखाले सार्वजनिक गरेको ६० औ प्रतिवेदनमा मर्मत सम्भारको अभावमा २०७७ पौषदेखि बन्द रहेकाले अस्पतालमा एमआरआई सुविधा उपलब्ध हुन नसकेको उल्लेख गरिएको छ ।

नेपाल प्रहरी अस्पतालले २०७२ सालमा इचेन टेस्ला १.५ एमआरआई मेसिन खरिद गरेको थियो ।

महालेखाले गत वर्ष आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो । उक्त निर्देशनको अटेर गर्दै अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा पनि सेवा सञ्चालनमा ल्याएको छैन् ।