कीवर्डहरू -

सीजी नेटको नयाँ अफर, ७९९ रूपैयाँमा १३० एमबिपिएस इन्टरनेटका साथमा ३ लाखको बीमा 

सीजी नेटको नयाँ अफर, ७९९ रूपैयाँमा १३० एमबिपिएस इन्टरनेटका साथमा ३ लाखको बीमा 

सीजी नेटले इन्टरनेट र आईपीटिभीका साथ ‘स्पिड दमदार प्राइस शानदार’ अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत १३० एमबिपिएस मासिक ७९९ रूपैयाँमा, २५० एमबिपिएस मासिक १०४९ रूपैयाँमा र ३५० एमबिपिएस नेट मासिक १२९९ रूपैयाँमा प्रति पाइने छ ।

यसका साथै सीजी नेटले आफना प्रयोगकर्तालाई ३ लाख रूपैयाँसम्मको दुर्घटना बिमा र सीजीका घडी, इयरफोन लगायत अन्य अरु घरायसी सामग्रीको खरिदमा ३५ प्रतिशतको डिस्काउन्ट अफर लिएर आएको छ ।

सीजी नेट जोडेर प्रयोगकर्ताहरुले ४ लाख नेपाली रुपैया बराबरको यी सबै सुविधाहरुको फाइदा सजिलै उठाउन सक्ने कम्पनीले जनाएको छ ।

काठमान्डौँको भव्य सफलता पछि विराटनगर, वीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहावी सम्म आफ्नो सुबिधा पुर्याउने योजनाका बनाएको यस कम्पनीले पछिल्ला केहि महिनामा आफनो सेवा योजना गरेका सम्पूर्ण ठाँउहरुमा पुर्याइसकेको छ ।

वैशाख ३ गते पोखरामा भव्य उद्घाटन गर्दै सीजी नेटले हालका लागि आफ्नो विस्तार यात्रा टुङ्ग्याएको छ ।