आज नेपालमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइदै छ ।
देशमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्धनका लागि नेपाल सरकारले गत वर्षदेखि हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस को रुपमा मनाउँदै आईरहेको छ ।
यसअघि क्यान महासंघ लगायतले यो दिवस मनाउने गरेकोमा सरकारी अग्रसरतामै गत वर्षदेखि यो दिवस मनाउन सुरू भएको हाे ।
याे दिवस डिजिटल नेपाल र विकास र समृद्धिको आधार भन्ने नारासहित मनाइदै छ । दिवसको अवसरमा आज बिहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।
दिवसको उपलक्ष्यमा नेपालको सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संघसंस्थाहरु मध्येबाट सर्वजनिक संस्था र कार्यालय र कम्पनी तथा व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।