कीवर्डहरू -

१५ इन्चको म्याकबुक एयर सार्वजनिक गर्दै एप्पल

१५ इन्चको म्याकबुक एयर सार्वजनिक गर्दै एप्पल

एप्पलको डेभलपर लगमा १५ इन्चको म्याकबुक एयर सार्वजनिक हुने बताइएको छ  । यो ल्यापटप कम्पनीको अपडेट गरिएको एमटू चिपसेटमा चल्ने गर्दछ । यसलाई एप्पल सिलिकन चिप भनिन्छ ।

यसमा एआई, सिपियू, जिपियू प्रोसेसर एकीकृत गरिएको छ । दुईवर्ष भित्रमा एप्पलले इन्टेल चिप सेटको प्रयोग पूर्ण रुपले छाँडने लक्ष्य राखेको छ । यसले ३५ प्रतिशत छिटो जिपियू परफोरमेन्स दिने गर्दछ । म्याकबुक एयरमा १३.६ इन्चको लिक्वीड रेटिना रहेको छ ।

यसको स्क्रीन पहिलेको भन्दा २५ प्रतिशत बढि उज्यालो रहेको छ । यसमा १०८० पिको वेबक्याममा चार ओटा स्पीकर साउण्ड सिस्टम, टचआईटी र फ्यानलेस इन्टेरियर डिजाइनज पनि रहेको छ ।

उक्त म्याकबुकले १८९ घण्टाको भिडियो प्लेब्याक दिने गर्दछ । यो नयाँ ल्यापटपको मूल्य  १,१९९ अमेरिकी डलरमा तोकिएको छ ।

एमटू चिपसेट १३ इन्चको म्याकबुक प्रोमा पनि प्रयोग गरिने छ । यसमा एट कोर सिपियू र १० कोर जिपियू हुनेछ । यसले २४ जीबी र्‍याम र २ टेराबाईटसम्मको स्टोरेज सपोर्ट गर्नेछ ।