कीवर्डहरू -

महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने ८ वटा सिस्टममा समस्या, हजारौं सेवाग्राही मर्कामा

महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने ८ वटा सिस्टममा समस्या, हजारौं सेवाग्राही मर्कामा

महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने सिस्टममा समस्या देखिएको छ । सिस्टममा समस्या आउँदा हजारौं सेवाग्राही प्रभावित भएका छन् ।

महालेखा नियन्त्रण कार्यालयको राजस्व व्यवस्थापन सूचना प्रणाली, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली, राजस्व भुक्तानी पोर्टल, वित्तीय व्यवस्थापन सूचना प्रणाली, एकल खाता कोष प्रणाली, कम्प्युटरकृत सरकारी लेखा प्रणाली र सार्वजनिक सम्पत्ति व्यवस्थापन लगायतजा प्रणालीमा समस्या देखिएको छ ।

एकै पटक धेरैले सिस्टम प्रयोग गर्न खोज्दा समस्या आएको महालेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले बताए ।

‘महालेखाले सञ्चालन गर्ने सबै सिस्टममा समस्या देखिएको छ । अहिले लगभग ९५ प्रतिशत समस्या समाधान भइसकेको छ,’ उनले आइसिटी समाचारसँग भने, ‘छिट्टै सिस्टम सञ्चालन हुने अपेक्षा गरिएको छ । आईटी टिम समस्या समाधान गर्न लागिपरेको छ ।’

राजस्वको सिस्टममा समेत समस्या आउँदा धेरैले भुक्तानी गर्न सकेका छैनन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय एक सूचना जारी गर्दै राजस्व व्यवस्थापन प्रणालीको सर्भर डाउन हुँदा ट्राफिक जरिवाना तिर्न समस्या भएको जानकारी दिएको छ ।