कीवर्डहरू -

एआईबाट चल्ने सर्च इन्जिनको विकास गर्दै गूगल

एआईबाट चल्ने सर्च इन्जिनको विकास गर्दै गूगल

गूगलले एआईबाट पावर गरिएको सर्च इन्जिनको विकास गरिरहेको छ । एआईमा प्रतिस्पर्धा हुन् थालेपछि गूगलले आफ्नै एआईबाट पावर गरिएको सर्च इन्जिनको विकास गर्ने भएको हो ।

गूगलका अनुसार यस सर्च इन्जिनले प्रयोगकर्ताहरुलाई थप पर्सनालाइज्ड अनुभव दिनेछ । यो सर्च इन्जिन कहिले सार्वजनिक हुन्छ भन्ने बारे कुनै पनि जानकारी बाहिरिएको छैन् । यस सर्च इन्जिनको कोड नाम म्यागी रहेको छ ।

सो सर्च इन्जिनभित्र सफ्टवेयर इन्जिनियरिङका प्रश्नहरु र कोडहरु उत्पादन गर्न सक्ने एआई च्याटबट समेत हुनेछ ।

यस सर्च इन्जिनमा च्याटबट मार्फत गीत खोज्न पनि मिल्ने छ । सर्च इन्जिन बनाउनका लागि कम्पनीले १६० जना भन्दा बढि कर्मचरीलाई खटाएको छ ।