कीवर्डहरू -

नेपाली माटो सुहाउँदो ग्रन्थ विद्युतीय स्कुटर सार्वजनिक हुँदै, यस्ता छन् विशेषता 

नेपाली माटो सुहाउँदो ग्रन्थ विद्युतीय स्कुटर सार्वजनिक हुँदै, यस्ता छन् विशेषता 

आउँदो वैशाख २३ गते ग्रन्थ ईभी स्कुटर सार्वजनिक हुने भएको छ । नेपाली डिजाइनमा चीनमा एसेम्बल भएको उक्त स्कुटर एफडी मोटर्सले सार्वजनिक गर्ने भएको हो ।

ग्रन्थ विद्युतीय स्कुटर नेपाली माटो सुहाउँदो रहेको कम्पनीका सीईओ सुजन ढुंगेलले जानकारी दिए । एफडी मोटर्सले नेपालमा एसेम्बल उद्योग निर्माण अन्तिम चरणमा पुर्‍याएको छ ।

पहिलो चरणमा एफडी मोटर्सले डिजाइन गरेर चीनमा एसेम्बलका लागि पठाएका विद्युतीय स्कुटर बजारमा उपलब्ध हुनेछन् । त्यसपछि नेपालमै एसेम्बल हुने जनाइएको छ ।

ग्रन्थ ईभीले साढे २ लाखदेखि ३ लाख रूपैयाँमा उच्चस्तरीय सुविधासहितको विद्युतीय स्टकुर प्रदान गर्ने जनाएको छ ।

ग्रन्थ विद्युतीय स्कुटरमा साइड ड्राइभ मोटर प्रयोग गरिएको छ । यो मोटरका कारण उकालो ओरालोमा स्कुटर सजिलै गुडाउन सकिन्छ ।

राम्रो र पावरफुल परपर्मेन्स पनि हुन्छ । पर्मानेन्ट म्यागनेट सिङ्क्रोनाइजेसन मोटर प्रविधिमा आधारित साइड ड्राइभ मोटर प्रविधि टेस्लाले समेत प्रयोग गर्ने गरेको ढुंगले बताउँछन् ।

अरू स्कुटरमा सामान्यतया हब मोटर प्रयोग गरिएको हुन्छ । यो प्लेन एरिया गुड्न सजिलो सक्छ तर उकालो, ओरालोमा राम्रोसँग गुड्न सक्दैन् ।

कम्पनीको स्कुटरमा लिथिमय आइरन फस्पेट ब्याट्रि प्रयोग गरिएको छ । यो ब्याट्रीले रेञ्ज बढी दिन्छ । ब्याट्री र मोटरमा ३ वर्ष वारेन्टी पाइने छ ।

४ देखि साढे ४ घण्टामा उक्त स्कुटर फुल चार्ज हुनेछ भने अधिकतम रेञ्ज ११० किलोमिटर दिनेछ । यसमा ब्याट्री ब्रेक रिजेनेरेटेड सिस्टम प्रयोग गरिएको छ ।

यसले गर्दा ब्रेक हान्दा खर्च भएको शक्तिले फेरि ब्याट्रीमा आएर रिचार्ज हुन्छ, जसले गर्दा रेञ्ज बढी दिनेछ । स्कुटरमा फास्ट चार्जर प्रविधि पनि राखिएको छ ।