कीवर्डहरू -

रियलमी सी ५५ नेपाली बजारमा सार्वजनिक, २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने

रियलमी सी ५५ नेपाली बजारमा सार्वजनिक, २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने

विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीको सि सिरिजको लेटेस्ट् मोडल सी-५५ नेपाली बजारमा उपलब्ध भएको छ ।

६४ एमपिको क्यामरा र ३३ वाटको फास्ट चार्जिङ सहितको यस सि ५५ ले यो सेग्मेन्ट र यो मुल्यको बजारमा एन्ट्री लेभल च्याम्पियनको रुपमा नयाँँ बेन्चमार्क खडा गर्ने विश्वास कम्पनीले लिएको छ ।

त्यस्तै स्लिक डिजाइन र पावरफुल पर्फर्मेन्स तथा कटिङ एज फिचरयुक्त यस सि ५५ स्टाइल र फंक्सनालिटी दुवै खोज्ने युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्ने पनि कम्पनीले दावी गरेको छ ।

डाइनामिक इमेज स्न्याप शट, स्ट्रिट फिल्टर, नाइन्टिज पप फिल्टर जस्ता फिचरहरु पनि यसको क्यामरामा समावेश गरिएका छन् । सेल्फी क्यामराको कुरा गर्नुपर्दा यसमा यसमा ८ एमपिको लेन्स छ जसले १०८०पि को भिडियो रेकर्ड गर्न सक्छ ।

त्यस्तै यसमा ५००० एमएएच्को शक्तिशाली ब्याट्रि राखिएको छ । जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ ।

त्यस्तै अर्को मुख्य फिचर भनेको यसको ९० हर्जको फुल एचडी प्लस डिस्प्ले हो जुन बजारमा उपलब्ध यो मुल्यका फोनहरुमा पाइने सबैभन्दा ठुलो डिस्प्ले हो ।

यसमा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ ।

स्टोरेजको कुरा गर्नुपर्दा यसमा ८ जिबिको र्‍याम र १६ जिबिको डाइनामिक र्‍याम रहेको छ जसले गर्दा ब्याकग्राउन्डमा २० वटासम्म एपहरु बिना कुनै ल्याग चलाउन सकिन्छ ।

त्यस्तै सि सिरिजको यो पहिलो मोडल हो जुनमा युआइ ४.० राखिएको छ । यति धेरै आकर्षक फिचरहरु भएको यो फोन सन शावर र रेनी नाइट गरी दुईवटा आकर्षक रंगहरुमा उपलब्ध छ ।

६ जीबी प्लस ६४ जीबी स्टोरेज भएको सेटको मुल्य रु.२१,९९९ राखिएको छ भने ८ जीबी प्लस १२८ जीबी स्टोरेज भएको सेटको मुल्य रु.२५,९९९ राखिएको छ ।