कीवर्डहरू -

लाइसेन्स खारेजी रोक्ने स्मार्टको रिटमा अदालतले दिएन अन्तरिम आदेश

लाइसेन्स खारेजी रोक्ने स्मार्टको रिटमा अदालतले दिएन अन्तरिम आदेश

स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध दायर गरेको उत्प्रेषणको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले अन्तरिक आदेश दिने र नदिनेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।

योसँगै लाइसेन्स खारेजी रोक्ने स्मार्टको प्रयास असफल भएको छ । स्मार्ट टेलिकमका तर्फबाट रामनाथ वण्ठा थारुले दायर गरेको रिटमा अदालतले कारण देखाउन आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमको इजलासले कारण देखाउन आदेश दिंदै ८ वैशाखमा अदालतमा दुवै पक्षलाई हाजिर हुन भनेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज गरेको छ ।
लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि प्राधिकरणले सोमबार दूरसञ्चार ऐनअनुसार लाइसेन्स स्वतः खारेज भएको निर्णय गरेको थियो ।