कीवर्डहरू -

हुम्ला र बाजुराका बासिन्दालाई मोबाइल नेटवर्ककै सास्ती

हुम्ला र बाजुराका बासिन्दालाई मोबाइल नेटवर्ककै सास्ती

हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीयवासीले नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य छन् ।

जिल्लाको दक्षिण भेगको सिमाना रहेको कवाडीका स्थानीय र सुरक्षाकर्मीलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ ।

सो क्षेत्रमा मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो ।  फोन आउँछकी भनेर मोबाइल घरमा झुन्ड्याएर राखिएको होटल सञ्चालन गर्दै आएकी पञ्चाकली रोकायाले बताइन् ।

उनी भन्छिन्, 'के गर्नु सर, झुन्ड्याएर राखेको ठाउँमा त कहिलेकाहीँ मात्र टावर आउँछ । आफन्तलाई कुरा गर्न पाइन्छ कि भनेर यसरी राखेको छौँ।'

बाजुराको कोल्टीमा ल्यान्डलाइन र एडीएसएलबाट कछुवा गतिमा इन्टरनेट सेवा चलेको छ । हुम्ला, मुगु र बाजुराका कतियपय स्थानमा नेपाल टेलिकमको नेटवर्क राम्रोसँग नचल्ने गरेको नागरिकको गुनासो छ ।

बाजुरा, मुगु र हुम्लाका अधिकांश गाउँपालिकामा नेपाल टेलिकमले टावर राखेको पाइन्छ । अधिकांश स्थानमा टावर नटिप्ने समस्या देखिएको छ ।