कीवर्डहरू -

विश्व प्रतिष्ठित फोटो प्रतिस्पर्धामा एआईले बनाएको फोटो प्रथम

विश्व प्रतिष्ठित फोटो प्रतिस्पर्धामा एआईले बनाएको फोटो प्रथम

सोनी वल्र्ड फोटोग्राफीको क्रियटिभ क्याटेगोरीमा एआईले बनाएको जर्मन कलाकारको फोटोले सबैभन्दा प्रतिष्ठित फोटोग्राफी पुरस्कार प्राप्त गरेको छ । तर उक्त पुरस्कार लिन जर्मन कलाकार तथा त्यस फोटोको फोटोग्राफर बोरिस एल्डागसेनले अस्वीकार गरेका छन् ।

उनले आफूले यस्ता किसिमका प्रतिस्पर्धाहरु एआईको फोटोहरु छुट्याउन सक्छ की सक्दैन् भनेर जाँच गर्नका लागि यस प्रतिस्पर्धामा भाग लिएको भन्दै पुरस्कार ग्रहण गर्न अस्वीकार गरेका हुन् ।

द इलेक्ट्रिसियन नाम गरेको फोटोले सोनी वल्र्ड फोटोग्राफीको क्रियटिभ क्याटेगोरीमा पहिलो स्थान जितेपछि फोटोग्राफीको क्षेत्रमा यसको आलोचना सुरु भएको छ ।

यो फोटो क्यामेराले कैद नगरेता पनि पहिलो स्थान पाउन सफल भएकाले धेरैले परिणाममा चित्त बुझाएका छैनन् ।

एल्डागसेनको यो फोटो सियुडेमनेजिया : फेक मेमोरिज नामक सिरिजबाट लिइएको एक फोटो हो, जहाँ एआईलाई भाषिक इन्पुट दिएर २० देखि ४० पटक एडिट गरेबापत आएको फोटोहरुलाई संकलित गरिएको छ ।

यस्ता किसिमका प्रतिस्पर्धाहरुले एआइबाट तयार गरिएको फोटोहरु छुट्याउन सक्ने प्रविधि ल्याउनु एकदमै महत्वपूर्ण रहेको एल्डागसेनले बताएका छन् ।