कीवर्डहरू -

नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक

नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक

काठमाडौंः नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए ३४ फाइभजी र ग्यालेक्सी ए ५४ फाइभजीको खरिदमा सीमित समयका लागि विशेष छुट योजना शुरु भएको छ ।

नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यी दुई मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने योजना ल्याएको हो ।

सामसङले नबिल बैंकसंगको एक सम्झौता पत्रमा हस्ताक्षर गरी यो योजना बजारमा ल्याएको हो । सामसङ ग्यालेक्सी ए ३४ फाइभजी र ग्यालेक्सी ए ५४ फाइभजी नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो ।

यी दुवै मोडलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रंगहरुमा उपलब्ध छन् ।

नबिलको कार्डका लागि देशका २५३ शाखाहरुमध्ये कुनै पनि शाखाबाट अथवा एनबैंकबाट आवेदन दिन सकिनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।