कीवर्डहरू -

पूर्वगृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्र सम्बन्धी स्वीकृत गरेको कार्यविधि खारेज

पूर्वगृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्र सम्बन्धी स्वीकृत गरेको कार्यविधि खारेज

पूर्वगृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण निजी कम्पनीले रुजु गर्न पाउने गरी स्वीकृत गरेको कार्यविधि सरकारले खारेज गरेको छ ।

नागरिककको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आवद्धतासम्बन्धी कार्यविधि २०७९ लाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्, ‘राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण तथा अन्तर आवद्धता सम्बन्धि बनेको कार्यविधिमा व्यक्तिगत डेटा र राज्यको सुरक्षाका कुराहरु निजी कम्पनीलाई दिने भन्ने गृहमन्त्रालयले कार्यविधि पास भएको रहेछ । त्यो कार्यविधिलाई खारेज गर्ने निर्णय भएको छ ।’

उनका अनुसार उक्त कार्यविधि कसरी बनेर पास भयो भन्ने विषयमा छानबिन गर्न सरकारले छुट्टै समिति गठन गर्ने निर्णय गरेको छ ।

उक्त कार्यविधि अनुसार गृह मन्त्रालयले ७ दिने बोलपत्र आह्वान गरी राष्ट्रिय परिचयपत्रमा भएका व्यक्तिगत विवरण रुजु गर्ने जिम्मा निजी कम्पनीलाई दिएको थियो ।