काठमाडौं। एनआईसी एशिया बैंकले जारी गरेको क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती वालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस प्राउने छन।
यो अफर राष्ट्रिय आईसीटी दिवस बैशाख १९ गते ( मे २ ) एक दिन मात्र लागु हुनेछ। यसरी प्राप्त गरेको बोनस रकम खल्ती डिजिटल वालेटमा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानी सेवामा प्रयोग गर्न सकिने छ।
एनआईसी एशिया बैंकले ग्राहकहरुका लागि भनेर अनलाइनबाटै मोबाइल बैंकिङ सेवा लिन सकिने छ। अहिलेसम्म मोबाइल बैंकिङ्ग सेवा नलिएकाले अनलाइनबाटै मोबाइल बैंकिङ्गको लागि साइनअप गरी युजरनेम र पासवर्ड प्राप्त गर्न सकिनेछ।