कीवर्डहरू -

चार वटा लेइका क्यामेरा सहित साओमीको १३ अल्ट्रा फोन सार्वजनिक

चार वटा लेइका क्यामेरा सहित साओमीको १३ अल्ट्रा फोन सार्वजनिक

चार ओटा लेइका क्यामेरा सहित साओमीको १३ अल्ट्रा फोन सार्वजनिक भएको छ । यसमा २३ मिलीमिटरको अप्टिकल इमेज स्टाबिलाइजेसन पनि रहेको छ ।

यसमा एक इन्चको ५० मेगापिक्सेल सोनी आइएमएक्स ९८९ सेन्सर रहेको छ । यस बाहेक अरु तीन ओटै क्यामेरा लेन्स पनि ५० मेगापिक्सेलका नै रहेका छन् । यस स्मार्टफोनमा क्वालकम स्नापड्रागन एट जेन २ प्रोसेसर प्रयोग गरिएको छ ।

५००० एमएएच  ब्याट्री भएको यस फोनमा चार्ज एकदमै कम भएको समयका लागि हाइबरनेसन मोड समेत रहेको छ । यस फोनको सेल्फी क्यामेरा ३२ मेगापिक्सेलको रहेको छ । यसको मूल्य १०६० डलरबाट सुरु हुन्छ । यो स्मार्टफोन अहिले चीनमा मात्रै प्रिअर्डरका लागि उपलब्ध रहेको छ ।