कीवर्डहरू -

स्क्रिनसहितको होमपड सार्वजनिक गर्दै एप्पल

स्क्रिनसहितको होमपड सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२४ मा ७ इन्चको स्क्रिन भएको होमपड सार्वजनिक गर्ने भएको छ । एप्पलको चर्चित विश्लेषक मिङ चु कुओका अनुसार एप्पलले सन् २०२४ मा ७ इन्चको स्क्रिन भएको होमपड सार्वजनिक गर्ने भएको हो ।

यस होमपडको डिस्प्ले चिनियाँ सप्लायर टियानमा बन्ने छ । एप्पलले आइप्याड र स्पीकरलाई जोडेर एउटा डिभाइस सार्वजनिक गर्न लागेको भनेर यसअघि पनि कुओले भनेका थिए ।

होमपड भनेको एप्पल इंकले विकास गरेको स्मार्ट स्पीकर हो र यो गूगलको नेस्ट हबको प्रतिस्पर्धीको रुपमा हुनेछ ।

गत जनवरीमा समेत एप्पलले सेकेण्ड जेनेरेशन होमपड सार्वजनिक गरेको थियो तर अब यो स्मार्ट स्पीकर डिस्प्लेसहित सार्वजनिक हुनेछ ।