कीवर्डहरू -

नेपालमा बनेका सवारीसाधनलाई नम्बर प्लेट दिने कानुन नहुँदा खरिदकर्ताले दुख पाएः सांसद शाह

नेपालमा बनेका सवारीसाधनलाई नम्बर प्लेट दिने कानुन नहुँदा खरिदकर्ताले दुख पाएः सांसद शाह

प्रतिनिधि सभा सदस्य असिम शाहले नेपालमा उत्पादन भएको सवारीसाधनलाई नम्बर प्लेट दिने कानुन नहुँदा खरिदकर्ताले दुख पाएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा बोल्दै सांसद साहले स्वदेशमा उत्पादन भएका सवारीसाधनलाई सवारी दर्ता प्रमाणपत्र (नम्बर प्लेट) दिने कानुन नहुँदा खरिदकर्तालाई दुख भएको र त्यसका लागि छुट्टै ऐन बनाउने तत्काल गर्न ध्यानाकर्षण गराएका हुन् ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० (संसोधन २०७४) मा सवारी दर्ताको भन्सार प्रज्ञापनपत्र र भन्सार महसुस अनिवार्य गरिएको छ । यही बाध्यात्मक व्यवस्थाका कारण स्वदेशमै बन्ने सवारीसाधनले नम्बर प्लेट पाउन सकेका छैनन् ।

‘नेपालमा चल्ने सवारी साधन विदेशबाटै आउनुपर्छ भन्ने हाम्रो कानुनको परिकल्पनामा रहेछ । कानुनी मान्यता नदिएपछि नेपालमा उत्पादित सवारी साधनले दर्ताको प्रमाणपत्र (नम्बर प्लेट) पाउन सकेका छैनन्,’ उनले भने, ‘नम्बर प्लेट नपाउँदा ख़रिदकर्तालाई ट्राफिकले दुख दिने गरेको छ ।’

नेपालको कानुनले स्वदेशमा बनेको सवारीसाधनलाई नम्बर प्लेट दिने परिकल्पना गरेको छैन् । तर पछिल्लो समय नेपालमै सवारीसाधन उत्पादन हुन थालेका छन् । यस्तो अवस्थामा स्वदेशी सवारीसाधनलाई नम्बर प्लेट नभएको आधारमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिँदै आएको छ ।

मेड इन नेपाल, आत्मनिर्भरता, रोजगारी सिर्जना जस्ता सरकारको नारा सब भन्ने कुरा हुन जस्तो लाग्ने बताउँदै शाहले विद्युतीय दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे सवारीसाधनको उत्पादक कम्पनी तथा एसेम्बल कम्पनीहरूका लागि सहज रूपमा सवारी दर्ताको प्रमाणपत्तर दिने गरी छुट्टै ऐन बनाउने निर्णय तत्काल गर्न ध्यानाकर्षण गराएका छन् ।