कीवर्डहरू -

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेलमा डिजिटल भुक्तानी गर्दा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेलमा डिजिटल भुक्तानी गर्दा विशेष छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्टको विभिन्न सेवाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले ल्याण्डमार्कअन्तर्गतका विभिन्न स्थानहरुमा (काठमाडौं, पोखरा, चितवन) रहेका आफ्नो होटेलहरुमा फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले मुक्तिनाथ विशिष्ट सहज कर्जा योजना अन्तर्गत रु २ करोड सम्मको कृषी कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण÷खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पूर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्र सर्वशुलव व्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएको पनि जनाएको छ ।