कीवर्डहरू -

छिन्चुदेखि सुर्खेतबिचको अप्टिकल लिंकमा समस्या आउँदा टेलिकमको सेवा प्रभावित

छिन्चुदेखि सुर्खेतबिचको अप्टिकल लिंकमा समस्या आउँदा टेलिकमको सेवा प्रभावित

छिन्चुदेखि सुर्खेतबिचको अप्टिकल लिंकमा समस्या आएको कारण सो रुट मार्फत संचालन हुने नेपाल टेलिकमको दूरसंचार सेवा प्रभावित भएको छ ।

बैशाख ७ गते बिहान छिन्चु देखि सुर्खेत बिचको अप्टिकल लिंकमा समस्या आएको कारण सो रुट मार्फत संचालन हुने दूरसंचार सेवाहरु प्रभावित भएका हुन् ।

अप्टिकल लिंकको समस्या यथाशीघ्र समाधानका लागि प्राविधिक टीम फिल्डमा खटिईसकेकोमा उक्त समस्या समाधान गर्न केही समय लाग्न सक्ने देखिएकोले व्याकअप माईक्रोवेभ लिंक मार्फत ल्यान्डलाईन एवं टुजी/थ्रीजी सेवा संचालनमा ल्याईएको टेलिकमले जनाएको छ ।

माईक्रोवेभ लिंकको सिमित क्षमताका कारण एफटिटिएच ईन्टरनेट तथा फोरजी सेवा संचालनमा आउन केही कठिनाई भईरहेकोमा कम्पनीले क्षमा मागेको छ ।