कीवर्डहरू -

इन्स्टाग्रामको प्रोफाइलमा पाँच ओटासम्म लिंक कसरी राख्ने ? यस्तो छ तरिका

इन्स्टाग्रामको प्रोफाइलमा पाँच ओटासम्म लिंक कसरी राख्ने ? यस्तो छ तरिका

इन्स्टाग्रामको प्रोफाइलमा पाँच ओटा लिंक जोड्न पाइने फिचर सार्वजनिक भएको छ । अहिलेसम्म इन्स्टाग्राममा एउटा मात्रै लिंक राख्न सकिन्थ्यो तर अब भने पाँच ओटा लिंकसम्म राख्न सकिन्छ ।

यो फिचर सबैभन्दा धेरै मागमा रहेको इन्स्टाग्रामको सिइओ मार्क जुकरबर्गले बताएका छन् । यो फिचर रोल आउट हुन सुरू भइसकेको छ ।

तपाईको अकाउन्टमा पनि पाँचवटासम्म लिंक राख्न सकिने सुविधा आएपछि इन्स्टाग्रामले लिंकहरु हाल्न सुझाव दिनेछ । अहिलेसम्म प्रयोगकर्ताहरुले लिंकलाई एकैठाउँमा इमबेड गरेर एउटा लिंक प्रोफाइलमा हाल्ने गरेका थिए ।

यसका लागि लिंकट्री जस्तो विभिन्न थर्ड पार्टी एपहरु प्रयोग गर्नुपर्ने अवस्था थियो । तर अब भने यो बाध्यता हट्दै छ ।आफ्नो प्रोफाइलमा ५ वटासम्म लिंक एड गर्न सुरूमा इन्स्टाग्राम एप खोल्नुहोस् ।

अब प्रयोगकर्ताले इन्स्टाग्रामको प्रोफाइलमा रहेको एडिट प्रोफाइलमा गएर आफूलाई चाहिने लिंक कपि गरेर ल्याएर एक्सटर्नल लिंक हाल्नुपर्ने हुन्छ । यही प्रक्रिया पाँच ओटै लिंक हाल्नका लागि प्रयोग गर्न सकिन्छ ।