कीवर्डहरू -

एलन मस्कको स्टारशिप रकेट उडेको तीन मिनेटमै विस्फोट

एलन मस्कको स्टारशिप रकेट उडेको तीन मिनेटमै विस्फोट

अमेरिकी डलर अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट स्टारशिप परीक्षण उडानको क्रममा विष्फोट भएको छ ।

हालसम्मको सबैभन्दा शक्तिशाली भनिएको स्टारशिप रकेट अमेरिकाको टेक्सस परीक्षण केन्द्रबाट उडेको तीन मिनेटमा आकाशमै विष्फोट भएको बीबीसीले जनाएको छ ।

उक्त यान अन्तरीक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरीक्ष अभियानमा लैजाने उद्देश्यले बनाइएको थियो । विस्फोटसँगै एलन मस्कको यो महात्वाकांक्षी परियोजना थियो ।

\"\"

उडेको तीन मिनेटपछि नै स्टारशिप रकेटको क्याप्सुलको फस्ट स्टेज रकेट बुस्टरबाट अलग हुनुपर्नेमा भएको थिएन । त्यसपछि रकेट बिस्फोट भएर परीक्षण उडान असफल भयो ।

यसअघि गत सोमबार यही यान परीक्षण गर्ने भनिएकोमा अन्तिम समयमा स्थगित गरिएको थियो ।

यता, एलन मस्कले कम्पनीले अबको २ महिनामै फेरि अर्को उडान परीक्षण गर्ने बताएका छन् ।

‘बिहीबारको उडान परीक्षणका क्रममा विस्फोट भए पनि स्पेश एक्सका इन्जिनियरहरु थाकेका छैनन्। उनीहरुले फेरि आफूलाई तिखार्नेछन् र नयाँ उडान परीक्षणको तयारीमा जुट्नेछन्,’  उनले भनेका छन्, ‘हामीले दोस्रो स्टारशिप पनि उडानको लागि तयारी अवस्थामा राखेका छौं।’