कीवर्डहरू -

डिजिटल बैंकिङ सेवा दिने कम्पनी सुरू हुँदै, टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झाैता

डिजिटल बैंकिङ सेवा दिने कम्पनी सुरू हुँदै, टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झाैता

काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच डिजिटल बैंकिङ सेवा दिने कम्पनी स्थापना गर्न सम्झाैता भएकाे छ । बिहिबार काठमाडाैंमा भएकाे सूचना तथा प्रविधि दिवस विशेष कार्यक्रममा भएकाे साे सम्झाैतामा भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनी संचालन गर्ने उल्लेख गरिएकाे छ ।

यसका लागि नेपाल टेलिकमकाे एक सहायक कम्पनीकाे रूपमा साे डिजिटल बैंकिङ सेवाप्रदायक कम्पनी खडा गरिनेछ । जसको पुँजी एक अर्ब बराबरको हुनेछ ।

टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार चाँडै नै राष्ट्र बैंकबाट आशयपत्र पास भएर दर्ता हुने कम्पनीले डिजिटल बैंकिङ सेवा विस्तारमा ठूलो फड्को मार्ने छ ।

याे सेवा सुरू भएपछि टेकिलमका ग्राहकले अहिलेका रिचार्ज सेन्टरहरुबाटै मोबाइल वालेटमा पैसा जम्मा गर्न सक्नेछन् भने पानी, बिजुली, टेलिफोनको बिल तिर्नेदेखि टिकेटहरु काट्न, बिलहरु तिर्न, रकम ट्रान्सफर गर्न यो प्रविधि उपयोगी हुनेछ ।