कीवर्डहरू -

गर्ल्स इन आइसिटी डेको अवसरमा प्रविधि र किशोरीको विषयमा वेबिनार हुँदै

गर्ल्स इन आइसिटी डेको अवसरमा प्रविधि र किशोरीको विषयमा वेबिनार हुँदै

गल्र्स इन आइसिटी डेको अवसरमा प्रविधि र किशोरीः समयसँगै अघि सरि विषयमा वेबिनार आयोजना हुने भएको छ । वुमन इन इन्फोरमेसन टेक्नोलोजीले स्मार्ट चेली र मिस टेकको सहकार्यमा सो कार्यक्रम आयोजना हुने भएको हो ।

यो वेबिनार २७ अप्रिल, २०२३ मा बिहानको ११ः१५ देखि दिउँसोको बाह्र बजेसम्म आयोजना हुने भएको छ । यस वेबिनार माध्यमिक तहका विद्यार्थीहरुलाई लक्षित गरिएको छ ।

यो वेबिनार डब्लुआइआइटीको फेसबुक पेज बाट लाइभ पनि गरिनेछ । गल्र्स इन आइसिटी डे अन्र्तराष्ट्रिय दूरसञ्चार संगठनले सुरु गरेको पहल हो ।

आइसिटी क्षेत्रमा महिला तथा किशोरीहरुको पहुँच तथा चेतना बढाउनलाई सुरु गरिएको गल्र्स इन आइसिटी डे वार्षिक रुपमा मनाउँदै आइएको छ ।

यस वर्षको प्रमुख थिम डिजिटल स्कील फर लाइफ रहेको र सोही विषयमा रहेर वेबिनार सञ्चालन हुने वुमन इन इन्फोरमेसन टेक्नोलोजीकी अध्यक्ष गुण केशरी प्रधानले बताइन् ।

सोही विषयसँग सान्दर्भिक विभिन्न भिडियोहरु पनि देखाइने छ । यस वेबिनारमा सहभागी हुनका लागि यहाँ क्लिक गरी फर्म भर्नुहोस् ।