कीवर्डहरू -

प्रोग्रामिजमा उपलब्ध भयो एआई फिचर, कोडिङमा भएको गल्ती पत्ता लगाउने  

प्रोग्रामिजमा उपलब्ध भयो एआई फिचर, कोडिङमा भएको गल्ती पत्ता लगाउने  

कोडिङ सिकाउने प्लेटफर्म प्रोग्रामिज मा एआई सुविधा उपलब्ध भएको छ । प्रोग्रामिजबाट कोडिङ सिक्ने प्रयोगकर्तालाई अझै सहज अनुभव प्रदान गर्न कम्पनीले एआई सुविधा ल्याएको हो ।

उक्त एआईको नाम ‘सेन्सएआई’ दिइएको छ । सेन्सएआईले कोडिङ मेन्टरको रूपमा काम गर्ने प्रोग्रामिजका सह-संस्थापक पुनित जाजोदियाले बताए ।

प्रोग्रामिजले निःशुल्क र सःशुल्क दुबै माध्यमबाट प्रोग्रामिङ सिकाउँदै आएको छ । निःशुल्क माध्यमबाट प्रयोगकर्ताले सिमित प्रोग्रामिङका लेसनहरू सिक्न पाउँछन् ।

निःशुल्क र सःशुल्क माध्यमबाट एआई प्रयोग गर्न पाइने छ । लेसनभित्र जहाँ जहाँ कोड आउँछ, त्यहाँ त्यहाँ यो एआईले काम गर्नेछ ।

पुनितका अनुसार लेसनभित्र रहेको कोड ब्लकमा आफ्नैले कोडिङ गर्न पाइन्छ, यहाँ कोडिङ गरेर रन गर्दा  कुनै गल्ती भएमा एआईले उक्त गल्ती पत्ता लगाउने छ ।

सेन्सएआईले गल्ती पत्ता लगाउनुका साथै लजिकमा केन्द्रित हुन र गल्तीको विश्लेष्ण गर्न समेत सघाउने छ ।

यो पनि पढ्नुहोस्ः तीन साथीको मिहिनेतले बनाएको प्रोग्रामिज, जसले निःशुल्क सिकाउँछ कम्प्युटर प्रोग्रामिङ