कीवर्डहरू -

यात्रीले भन्यो, ‘विदेशिएका छैनौं, नेपालमै विश्वस्तरीय प्रडक्ट बनाउने भिजनमा प्रतिबद्ध छौं’

यात्रीले भन्यो, ‘विदेशिएका छैनौं, नेपालमै विश्वस्तरीय प्रडक्ट बनाउने भिजनमा प्रतिबद्ध छौं’

नेपालमा विद्युतीय मोटरसाइकल निर्माण गरेको यात्री मोटरसाइकलले संस्थापक पलायन भएको सामाचार झुटो भएको बताएको छ । फेसबुकमा एक पोष्ट लेख्दै कम्पनीले यात्री मोटसाइकलका संस्थापक पलायन नभएको बताएको हो ।

'यात्री मोटरसाइकलका संस्थापक विदेश गएको र नेपालमै विश्वस्तरीय प्रडक्ट विकास गर्ने भिजन त्यागेको भ्रामक समाचार हामीले देखेका छौं,' सूचनामा भनिएको छ, 'यो सत्य होइन् । यात्री मोटरसाइकल आफ्नो भिजनमा प्रतिबद्ध छ ।

आफुहरूले सुरूवातदेखि नै चुनौती सामना गरेपनि अगाडि बढिरहेको र बढिरहने कम्पनीको भनाइ छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० (संसोधन २०७४) मा सवारी दर्ताको भन्सार प्रज्ञापनपत्र र भन्सार महसुस अनिवार्य गरिएको छ । यही बाध्यात्मक व्यवस्थाका कारण स्वदेशमै बन्ने सवारीसाधनले नम्बर प्लेट पाउन सकेका छैनन् ।

त्यसैकारण यात्रुले उत्पादन गरेका माेटरसाइकलले नम्बर प्लेट नपाउँदा समस्या भएकाे छ ।

नेपालको कानुनले स्वदेशमा बनेको सवारीसाधनलाई नम्बर प्लेट दिने परिकल्पना गरेको छैन् । तर पछिल्लो समय नेपालमै सवारीसाधन उत्पादन हुन थालेका छन् ।

यस्तो अवस्थामा स्वदेशी सवारीसाधनलाई नम्बर प्लेट नभएको आधारमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिँदै आएको छ ।

यो पनि पढ्नुहोस्ः यसरी सुरु भयो यात्रीसँग अशिमको यात्रा, अबको योजना सस्तो उत्पादन