कीवर्डहरू -

महावीर पुन भन्छन्, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि वृहत जनआन्दोलन गरौं’

महावीर पुन भन्छन्, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि वृहत जनआन्दोलन गरौं’

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि वृहत जन आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा एक पोष्ट गर्दै काठमाडौँ उपत्यकाबाट वृहत आन्दोलन सुरू गर्ने र त्यसको नेतृत्व आफुले गर्ने बताएका छन् ।

‘अनुसन्धान र नवप्रवर्तनप्रति गण्डकी प्रदेश सरकारले मलाई र संघीय सरकारले  यात्री मोटर साइकल टिमलाई गरेको अपमानजनक व्यवहारले मलाई शिकारीले घाइते पारेको बाघ जस्तै बनाएको छ,’ उनले भनेका छन्, ‘मर्नु नै परे पछि खुट्टा तानेर नै मर्ने नि । पहिला आन्दोलन गरौँ र वार्ता पछि गरौंला । ल अब युवाहरु उठौं र आन्दोलनको तयारी गरौँ ।’

आन्दोलन व्यवस्थापनमा काम गर्न चाहनेहरुको फेसबुक, भाइबर, ह्वाट्सएप, ट्वीटर, इन्स्ताग्राम एकाउन्ट बनाएर अगाडि बढ्नु पर्ने पुनले धारणा छ ।

उनले अगाडि भनेका छन्, ‘यो कुनै राजनैतिक आन्दोलन होइन तर राजनैतिक पार्टीहरुले भाग लिन सक्ने छन । युवाहरुको आन्दोलन दरो हुन्छ । छलफल पछि आन्दोलनको मिति तोकिने छ ।’

यात्री मोटरसाइकल जस्ता चीजहरू बनाउने अनुसन्धानकर्ताहरु ले अनुमति नपाएर दुख पाइरहेका उनको भनाइ छ ।