कीवर्डहरू -

आइएमई पेबाट इन्सुरेन्सको बीमा नवीकरण गर्दा सत प्रतिशतसम्म क्यासब्याक जित्ने मौका

आइएमई पेबाट इन्सुरेन्सको बीमा नवीकरण गर्दा सत प्रतिशतसम्म क्यासब्याक जित्ने मौका

“आइएमई पे” बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नवीकरण गर्न सकिने भएको छ ।

आइएमई पे को बीमा सेवाको प्रयोग गरी केही मिनेट मै ग्राहकहरुले आफ्नो बीमा पोलीसी नविकरण गर्न सक्नेछन् । सो सेवा अन्तर्गत आइएमई लाइफ, एसीयन लाइफ, अजोड इन्सुरेन्स लगायत अन्य विभिन्न इन्सुरेन्स कम्पनीहरुको बीमा पोलिसी नविकरण गर्न मिल्ने कम्नपीले जनाएको छ  ।

लामो लाइन तथा अन्य झन्झट्बाट ग्राहकवर्गलाई जोगाइ सजिलै बीमा नवीकरण गर्ने उदेश्यका साथ आइएमई पेबाट सो इन्सुरेन्स पोलिसीहरुको नविकरण गर्ने सुबिधा उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।

साथै नव वर्ष २०८० को उप्लक्ष्यमा आइएमई पे मार्फत आफ्नो बीमा पोलिसी नवीकरण गर्ने ग्राहकले १००% क्यासब्याक प्राप्त गर्ने मौका पनि पाउने कम्पनीको भनाइ छ  ।