कीवर्डहरू -

आइफोन-१५ सिरिजमा शक्तिशाली क्यामेरा राखिने

आइफोन-१५ सिरिजमा शक्तिशाली क्यामेरा राखिने

अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले यसवर्ष सार्वजनिक गर्ने आइफोन-१५ सिरिजमा अहिलेसम्मकै शक्तिशाली क्यामेरा राख्‍ने बताएको छ।

हरेक वर्ष आइफोनमा नयाँ नयाँ फिचर ल्याइरहेको एप्पलले यो वर्षको सेप्टेम्बरमा आफ्नो नयाँ आइफोन-१५ सिरिजमा  शक्तिशाली क्यामेरा राख्न लागेको हो।

एप्पलले आफ्नो आगामी संस्करणको फ्लागसिप आइफोनमा पेरिस्कोप क्यामेरा लेन्स राख्ने दाबी गरिएको छ । यसका लागि एप्पलले आगामी आइफोन-१५ प्रो म्याक्सका लागि एक अर्को आपूर्तिकर्तालाई समावेश गर्ने योजना बनाइरहेको छ ।

आइफोन-१५ प्रो म्याक्समा एउटा पेरिस्कोप क्यामरा सेन्सर रहने बताइएको छ । यो एक प्रकारको टेलिफोटो लेन्स हो, जसले एउटा एंगल मिररको माध्यमबाट क्यामराको इमेज सेन्सरतर्फ प्रकाशलाई परावर्तन गर्छ र त्यसबाट उत्कृष्ट म्याग्निफिकेशन प्राप्त हुन्छ । प्रकाशको दिशामा परिवर्तनबाट आइफोन-१५ प्रो म्याक्सले कुनै धमिलोपन बिना नै उच्च गुणस्तरको तस्बिर खिच्न सकिन्छ।

आइफोन-१५ मा पाँच गुणा बढी अप्टिकल जूममा उपलब्ध हुने बताइएको छ । आइफोनको सबैभन्दा पछिल्लो आइफोन-१४ प्रो म्याक्समा तीनगुणा अप्टिकल जूम रहेको छ । यसका लागि जिनियस इलेक्ट्रोनिक अप्टिकलले नयाँ आइफोनको क्यामराका लागि उक्त पेरिस्कोप सिस्टम निर्माण गर्ने बताइएको छ । यद्यपि यस विषयमा एप्पलले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।


आइफोन-१५ सिरिजमध्ये आइफोन-१५ प्रोमा निकै पातलो भेजल्स रहनेछ । डिस्प्लेमा भेजल्स केवल १.५५ मिलिमिटरको हुने बताइएको छ । नयाँ आइफोनसँगै क्यामेरा मोडलमा पनि थोरै परिवर्तन हुन बताइएको छ । आइफोन-१५ प्रोमा उत्कृष्ट स्क्रिन टु बडी रेशियो राखिने जसबाट फोनको डिस्प्ले साइजलाई कम नगरी फोनलाई अझै कम्प्याक्ट बनाउन सकिनेछ ।

त्यस्तै आइफोन-१५ प्रो सिरिजले अब ईसिम मात्र सपोर्ट गर्न सक्ने बताइएको छ । आइफोन १४ सिरिजलाई अमेरिकी बजारमा केवल ईसिम मोडलमा पेश गरिएको छ । साथै अब विश्वका अन्य भागमा आपूर्ति हुने आइफोनमा पनि र्इसिम र फिजिकल सिम दुवै स्लट उपलब्ध बताइएको छ ।