पृथ्वी करिब ४.५ बिलियन वर्ष पहिले निर्माण भएको हो । अस्तित्वको करौडौँ वर्ष बितिसक्दा पनि प्राणीहरुलाई जीवित राख्न सक्ने एक मात्र ग्रह होः पृथ्वी । मानव सभ्यताले अहिले हरेक सिमा पार गरिसकेको छ तर कुनै अरु ग्रहमा पनि जीवनको सम्भावना पत्ता लगाउन अहिलेसम्म पनि अन्वेषणमात्रै भइरहेको छ ।
यही कारणले हामीले हाम्रो पृथ्वीलाई जोगाउनु एकदमै महत्वपूर्ण छ । हिजो अर्थात अप्रिल २२ मा विश्वव्यापी रुपमा पृथ्वी दिवस मनाइएको थियो । आज हामी मानिसहरूले आफ्नो घर भन्ने यस ग्रहलाई विशेष बनाउने विभिन्न तत्वहरूको बारेमा छलफल गर्नेछौँ ।
१.पृथ्वी पूर्ण रुपले गोलो छैन
साधारणतय हामीले सोच्दा पृथ्वी गोलो छ भनेर सोच्ने गर्दछौँ तर वास्तविक रुपमा भन्नुपर्दा पृथ्वीको कुनै निश्चित आकार हुँदैन। पोल अर्थात उत्तर र दक्षिण भागमा पृथ्वी चेप्टो हुने गर्दछ ।
पृथ्वीको आकार भन्नै चाहनुहुनेले यसको आकारलाई अबलेट स्फेरोइडको रुपमा लिन सक्नुहुनेछ । अन्य ग्रहहरू जस्तै, गुरुत्वाकर्षणको प्रभाव र यसको अक्षमा परिक्रमाद्वारा उत्पादित सेन्ट्रीफ्युगल फोर्सले भूमध्य रेखालाई समतल बनाएर पृथ्वीको पोललाई चेप्टो बनाइदिने गर्दछ । त्यसैले भूमध्य रेखा ९इक्वेटर०मा पृथ्वीको व्यास एक ध्रुवबाट अर्को ध्रुवसम्मको व्यासभन्दा ४३ किलोमिटर बढी छ ।
२.पृथ्वीको कूल भूभागको ७० प्रतिशत भाग पानी
पृथ्वीमा पानी ठोस, तरल र ग्यासीय अवस्थामा अवस्थित छ । थप रूपमा, यसले हिमनदी, दलदल, ताल, नदी, समुद्र र महासागरहरूको रूपमा पृथ्वीको तीन चौथाई भागलाई ओगटेको छ । पृथ्वीमा पाइने कुल पानीको ९७ प्रतिशत समुद्रको नुन पानी हो ।
३.पृथ्वीभन्दा १० किलोमिटर माथि अन्तरिक्ष
वायुमण्डल र अन्तरिक्ष बीचको सीमालाई कर्मन रेखा भनिन्छ, जुन समुद्र सतहबाट १०० किलोमिटर माथि हुन्छ । वायुमण्डलीय तौलको लगभग ७५ प्रतिशत समुद्रको सतहबाट ११ किलोमिटरको उचाइमा मात्र पाइन्छ । यसैले गर्दा कर्मन रेखाले पृथ्वीको दायरा के हो र अन्तरिक्ष कहाँबाट सुरु भएको छ भनेर बताउँछ ।
४.पृथ्वीको केन्द्रमा फलाम छ
पृथ्वी सौर्यमण्डलको सबैभन्दा ठोस र पाँचौं ठूलो ग्रह हो । पृथ्वीको सबैभन्दा भित्री भाग लगभग १२०० किलोमिटरको दूरी भएको ठोस भकुण्डो जस्तै छ ।
यो भकुण्डो मुख्यतया: फलामबाट बनेको हुन्छ, जसको तौल फलामको ८५ प्रतिशत हुन्छ । यसबाहेक पृथ्वीमा निकलको तौल पनि १० प्रतिशत हुने गर्दछ ।
५.जीवन भएको एक मात्र ग्रह हो पृथ्वी
पृथ्वी ब्रह्माण्डको एक मात्र आकाशीय पिण्ड हो जसमा हामी जीवन बिताउन सक्छौं । अन्य ग्रहहरूमा यसको सम्भावनाको अझै पनि खोजी भइरहेको छ । हाल पृथ्वीमा लगभग १२ लाख सूचीबद्ध जनावरका प्रजातिहरू छन्। यद्यपि, यो विश्वास गरिन्छ कि यो कुल प्रजातिको सानो भाग मात्र हो ।
सन् २०११ मा वैज्ञानिकहरूले अनुमान गरे अनुसार सम्पूर्ण संसारमा लगभग ८० लाख प्रजातिहरू छन् । पृथ्वी करिब ४।५ बिलियन वर्ष पहिले बनेको थियो । पृथ्वीको भौतिक गुण, यसको भूवैज्ञानिक इतिहास र यसको परिक्रमाले लाखौं वर्षदेखि जीवनको अस्तित्वलाई जारी राखेको छ । पृथ्वीको जन्म भएको यति धेरै वर्ष बितिसक्दा पनि यहाँ अझै जीवन छ र यसस्तो यो एक मात्र ग्रह हो ।
६.पृथ्वीको सबै ठाउँमा समान गुरुत्वाकर्षण छैन
हाम्रो ग्रहमा आदर्श क्षेत्र नभएकाले र यसबाहेक, पिण्ड जताततै समान नरहेकाले गुरुत्वाकर्षण क्षेत्रको बल ठाउँअनुसार फरक-फरक हुन्छ । उदाहरणका लागि, जब हामी भूमध्य रेखाबाट ध्रुवहरूमा जान्छौं, गुरुत्वाकर्षण क्षेत्रको तीव्रता बिस्तारै बढ्दै जान्छ ।
७.पृथ्वीमा धेरै विरोधाभासहरू छन्
हाम्रो ग्रह एकदमै विरोधाभासले भरिएको छ । यसको भौगोलिक क्षेत्र र यसको हावापानीको विविधता भनेको लगभग हरेक क्षेत्रका आफ्नै विशेषताहरू छन् । पृथ्वीको धेरै ठाउँहरू एकदमै तातो मानिन्छन्, तर अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा उच्च तापक्रम अमेरिकाको डेथ भ्याली हो, जहाँ तापमान १० जुलाई, सन् १९१३ मा ५६।७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।
अर्कोतर्फ, सबैभन्दा चिसो तापक्रम अन्टार्कटिकामा रेकर्ड गरिएको छ जहाँ तापमान ३१ जुलाई सन् १९८३ मा ८९ डिग्री सेल्सियस रहेको थियो ।
८.पृथ्वीमा सबैभन्दा धेरै जीवित संरचना छन्
अष्ट्रेलियामा स्थित ग्रेट ब्यारियर रिफ ग्रहमा जीवित जीवहरूले बनेको सबैभन्दा ठूलो संरचना हो । यो एक मात्र संरचना हो जुन अन्तरिक्षबाट पनि देख्न सकिन्छ ।
यसको क्षेत्रफल २ हजार किलोमिटरभन्दा बढिमा फैलिएको छ र रीफ हजारौं समुद्री प्रजातिहरूको घर समेत हो ।
सन् १९८१ मा, ग्रेट ब्यारियर रीफलाई युनेस्को विश्व सम्पदा स्ल समेत घोषित गरिएको थियो ।
९.सक्रिय टेक्टोनिक प्लेटहरू भएको सौर्यमण्डलको एक मात्र ग्रह
सक्रिय टेक्टोनिक प्लेटहरूको आन्दोलनको अर्थ हाम्रो ग्रहको सतह निरन्तर परिवर्तन भइरहेको छ । यी प्लेटहरूले पहाड, भूकम्प र ज्वालामुखीहरूको निर्माण समेत गर्ने गर्दछन् ।
यी प्लेटहरूको चक्रले पृथ्वीको तापक्रमलाई नियमन गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ । त्यस्तै यसले समुद्रको भुइँलाई नवीकरण गर्ने र कार्बन डाइअक्साइड जस्ता हरितगृह ग्यासहरू पुनः प्रयोग गरी काम गर्ने गर्दछ ।
१०.पृथ्वीमा सुरक्षा कवच छ
पृथ्वीको चुम्बकीय क्षेत्रले सूर्यबाट आउने ऊर्जा किरणहरूको विरुद्ध ढालको रूपमा काम गर्दछ । चुम्बकीय क्षेत्रले बाटोहरु खोज्न पनि सहयोग गर्दछ ।
कम्पासले यस चुम्बकीय क्षेत्रको माध्यमबाट काम गर्छ र दिशा पत्ता लगाउँन सक्छ । बीबीसी हिन्दीबाट
नेपाली अनुवाद : स्नेहा झा