कीवर्डहरू -

रेमिट्यान्स दावी गर्दा पाइने बोनसलाई आइएमई पेले निरन्तरता दिने

रेमिट्यान्स दावी गर्दा पाइने बोनसलाई आइएमई पेले निरन्तरता दिने

| आइएमई डिजिटल सोलुसन लिमिटेडले “आइएमई पे” मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई प्रदान गर्दै आएको ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।

विश्वको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दावी गर्दा  हाल५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गरिँदै आएको कम्पनीले जनाएको छ ।

‘आइएमई पे’ ले सो बोनस रकम आगामी दिनहरुमा पनि निरन्तरता दिँदै ग्राहकहरुलाई झन्झट बिना विदेशबाट आएको रकम वालेटमै दावी गर्न प्रोत्साहन गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।