कीवर्डहरू -

ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था ल्याउँदै सरकार

ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था ल्याउँदै सरकार

१२ वैशाख, काठमाडौं। सरकारले अब ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था ल्याउने तयारी गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्सलाई १० वर्षमा नविकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बताए ।

उनले भने, 'नवीकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नविकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं।’

हाल पाँचपाँच वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अलि झण्झटिलो भएकाले १०/१० वर्षमा नविकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको छ ।

५/५ वर्षमा नवीकरण गर्नुपर्ने प्रावधानलाई बदलेर १० वर्षमा नविकरण गर्नुपर्ने व्यवस्था गर्दा नयाँ स्मार्ट कार्ड छाप्नका लागि समेत लोड कम हुने विश्वास लिइएको उनले जानकारी गराएका छन् ।