कीवर्डहरू -

दर्शकको भरपुर मायाले मण्डला नाटकघरमा \'जून\'लाई फेरि एक पटक ब्युँताउने

दर्शकको भरपुर मायाले मण्डला नाटकघरमा \'जून\'लाई फेरि एक पटक ब्युँताउने

काठमाडौंको जमलस्थित नाचघरको प्रेक्षालयमा गत चैत १० गते शुक्रबार गिती नाटक ‘जून’ को मञ्जन भएको थियो । नम्रता केसीद्वारा निर्देशित नाटक ‘जून’ले नृत्यको माध्यमबाट एउटा बाबु र छोरीको संघर्ष र मायाको कथा प्रस्तुत गरेको थियो, जसलाई दर्शकले रुचाएका थिए ।

दर्शकको भरपुर मायाले ुजूनुलाई फेरि एक पटक ब्युँताउने भएको छ । मण्डला थिएटरमा एस्थेस्टिक डान्स स्टुडियो र सिक्वेल फाउन्डेसनले फेरि पनि यसलाई निरन्तरता दिँदै वैशाख १५ देखि वैशाख २४ गतेसम्म चलाउने निर्णय गरेको छ ।

संयोग गुरागाईंद्वारा लिखित नाटकले इमान्दार भएर समस्यासँग जुध्न सके जस्तोसुकै समस्याको पनि समाधान हुने तर्क प्रस्ततु गरेको थियो । नाटकमा सलिन मगर र सरस्वती श्रेष्ठको संगीत रहेको थियो भने एस्थेस्टिक डान्स स्टुडियोका कलाकारको सामूहिक प्रस्तुति रहेको थियो। नाटकलाई सिक्वेल फाउन्डेसनले नाचघरमा देखाउने व्यवस्थापन गरेको थियो ।

'जून' गिती नाटकमा १३ नारी र ४ पुरुष गरेर कुल १७ जना सम्मेलित थिए । यसपटक भने टिकटको रकम सप्ताहन्तमा रु ५०० र सामान्य दिनमा रु ३०० तोकिएको छ। दर्शकले रु १००० को पनि टिकट काट्न पाउने छन् ।