कीवर्डहरू -

सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगसरह मान्यता दिन्छौं : प्रधानमन्त्री प्रचण्ड

सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगसरह मान्यता दिन्छौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगसरह मान्यता दिइने प्रतिबद्धता जनाएका छन् । बुबुधबार संघीय राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘भूकम्प, कोभिडजस्ता कारणले समग्र अर्थतन्त्र नै समस्यामा रहेको बताए ।जसका कारण हाल सञ्चार क्षेत्र पनि समस्यामा भयो। तर सञ्चार क्षेत्रको विकास र विस्तारका लागि सबै सरकारी विज्ञापनलाई विज्ञापन बोर्डमार्फत वितरण गर्छौं।’

पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्‍याभूतिका साथै ज्येष्ठ तथा अपांगता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिने गर्ने उनले बताए ।

उनले भने, ‘एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल गरिरहेको छ। सरोकारवाला पक्षसँग यस सम्बन्धी कानुन बनाउन पहल पनि भइरहेको छ। केही सकिँदैन, सबै उस्तै हुन् भन्ने नकारात्मक भावना त्यागेर असम्भव कुरा पनि सम्भव हुन्छ भन्नेगरी जनतालाई भरोसा दिनु मेरो नेतृत्वको सरकारले गर्छ।’

यस्तै मिडिया उद्योगलाई रोयल्टी र कर जस्ता दोहोरो कर प्रणालीबाट मुक्त गरी यसमा लाग्दै आएको जरिवानाको छुटको व्‍यस्थासमेत गर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने गरी सञ्चार सम्बन्धी कानुन बनाउने तयारीमा रहेको जानकारी दिए । उनले भने, ‘ पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित हुने गरी सञ्चारसम्बन्धी कानुन बनाइदैछ। यसमा सरोकारवालाकै सहभागितमा मै कानुनको मस्यौदा बनाउन मैले निर्देशन दिइसकेको छु।’