कीवर्डहरू -

ग्रो बाइ डेटाको नयाँ अफिस सानेपामा, अमेरिकी राजदूतले गरे उद्घाटन

ग्रो बाइ डेटाको नयाँ अफिस सानेपामा, अमेरिकी राजदूतले गरे उद्घाटन

बोस्टन र काठमाडौँमा रहेको मार्केटिङ इन्टेलिजेन्स कम्पनी ग्रो बाइ डेटाले सानेपामा आफ्नो नयाँ अफिस सञ्चालनमा ल्याएको छ । ग्रो बाइ डेटाले सोमबार, अप्रिल २४ बाट नयाँ अफिस खोलेको हो ।

कम्पनीलाई भरपर्दाे तथा टिमहर बिच सहकार्य बढाउनका लागि नयाँ अफिस सुचारु गरेको ग्रो बाइ डेटाको बनाइ रहेको छ । यस अफिसलाई उद्भाटन गर्नका लागि अमेरिकाको राजदूत डिन आर थम्प्सनले गरेका थिए ।

सन् २०१४ मा एउटा कोठामा ५ जना सदस्य भएर खोलिएको ग्रो बाइ डेटाले अहिले सयौँ ब्राण्डहरुसँग सहकार्य गरिरहेको छ । दुवै नेपाल र अमेरिकाको अर्थतन्त्रमा कम्पनी सहायक बन्न सकेकाले धेरै खुशी रहेको प्रबन्ध साझेदार प्रशन्न ढुंगेलले बताएका छन् ।

ग्रो बाइ डेटाले शीर्ष मार्केटिङ कम्पनीहरुका लागि मार्केटिङ इन्टेलिजेन्स साझेदारको रुपमा रहिरहने लक्ष्य राखेको छ ।