नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना गर्ने भएको छ । कन्फेरेन्स आगामी मे ११ देखि १२ सम्म काठमाडौं विश्वविद्यालय सञ्चालन हुनेछ ।
सन् २०१८ को एसक्युएल कन्फेरेन्स सफल भएपछि संस्थाले दोस्रो कन्फेरेन्स आयोजना गर्दैछ । कन्फेरेन्समा पोस्टग्रे एसक्युएल यूजर ग्रुप कम्युनिटीका लोकप्रिय व्यक्ति र अरु स्थानीय वक्ताहरुसँग छलफल गरिनेछ ।
कन्फेरेन्स भन्दा अघि पनि दुई दिनको प्रि कन्फेरेन्स ट्रेनिङ सेसन आयोजना हुनेछ । मे ९ र १० मा हुने ट्रेनिङ सेसनमा सहभागी हुन शुल्क तिर्नुपर्नेछ । यस कार्यक्रमका लागि रेजिस्टर गर्न र कार्यक्रममा सहभागी हुन लाग्ने शुल्कको बारेमा जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
कन्फेरेन्समा अन्तर्राष्ट्रिय वक्ताको रूपमा पोस्टग्रे एसक्युएल कम्युनिटीका व्यक्तिहरूको उपस्थित हुनेछन् । यही मध्य वक्ताको रुपमा विगत पाँच वर्ष देखि डिजाइनिङ्गमा काम गरिरहेको सन्दिप बस्नेत पनि एक हुन् । उनले माइक्रोसर्भिसेज आर्किटेक्ट र त्यसका फाइदाहरुको बारेमा छलफल गर्नेछन् ।
यस कार्यक्रममा शिक्षा, उद्योग, सरकारी र गैर–सरकारी क्षेत्रहरूको व्यक्तित्वहरुले सहभागिता जनाउन सक्नेछन् । यस कार्यक्रमको बारेमा थप जानकारी पाउन यहाँ किलक गर्नुहोस् ।