आज गल्र्स इन आइसिटी डेको अवसरमा प्रविधि र किशोरीः समयसँगै अघि सरि विषयमा वेबिनार आयोजना हुँदै छ । वुमन इन इन्फोरमेसन टेक्नोलोजीले स्मार्ट चेली र मिस टेकको सहकार्यमा सो कार्यक्रम आयोजना गर्न लागेको हो ।
यो वेबिनार आज अर्थात २७ अप्रिल, २०२३ मा बिहानको ११ः१५ देखि दिउँसोको बाह्र बजेसम्म आयोजना गरिएको छ । यस वेबिनार माध्यमिक तहका विद्यार्थीहरुलाई लक्षित गरिएको छ ।
यो वेबिनार डब्लुआइआइटीको फेसबुक पेज बाट लाइभ पनि भइरहेको छ । गल्र्स इन आइसिटी डे अन्र्तराष्ट्रिय दूरसञ्चार संगठनले सुरु गरेको पहल हो ।
आइसिटी क्षेत्रमा महिला तथा किशोरीहरुको पहुँच तथा चेतना बढाउनलाई सुरु गरिएको गल्र्स इन आइसिटी डे वार्षिक रुपमा मनाउँदै आइएको छ । यस कार्यक्रममा वक्ताको रुपमा स्मार्ट चेलीकी सिइओ प्रतिक्षा पाण्डे र बिआइसी टेक्नोलोजीकी सहसंस्थापक प्रारथना शाख रहेका छन् ।
यस वर्षको प्रमुख थिम डिजिटल स्कील फर लाइफ रहेको र सोही विषयमा रहेर वेबिनार सञ्चालन हुने वुमन इन इन्फोरमेसन टेक्नोलोजीकी अध्यक्ष गुण केशरी प्रधानले बताइन् । सोही विषयसँग सान्दर्भिक विभिन्न भिडियोहरु पनि देखाइने छ ।