कीवर्डहरू -

अब स्वदेशमै बनेको सवारीसाधन दर्ता हुन पाउने, यात्रीलाई राहत

अब स्वदेशमै बनेको सवारीसाधन दर्ता हुन पाउने, यात्रीलाई राहत

सरकारले नेपालमै बनेका सवारीसाधन दर्ता गर्न यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गरेको छ । योसँगै नेपालमा उत्पादन भएका नयाँ सवारी सधान दर्ता गर्ने नयाँ कानुनी बाटो खुलेको छ ।

यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेपछि अब नेपालमा उत्पादित मोटरसाइकल यात्रीलगायतलाई दर्ता गर्न राहत मिलेको छ । अब निर्देशिका संशोधन गरेर सरकारले नेपालमा बनेका सवारी दर्ता गर्ने प्रबन्ध गरेको हो ।

निर्देशिकामा भनिएको छ, ‘११।१।९’ नम्बर बुँदा थप गर्दै लेखिएको छ,‘ यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन ।’

उक्त निर्देशिका अनुसार अब नेपालमा बनेका सवारीले दर्ताका लागि प्रज्ञापनपत्र ९एलसी० खोलेको प्रमाण बुझाउनु नपर्ने भएको छ । नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तः शुल्क निकासी फारम समेत पेश गर्नु पर्ने व्यवस्था गरिएको छ । सरकारले भ्याट बिल, अन्तःशुल्क निकासी फारमका आधारमा यस्ता सवारीको दर्ता गरेर नम्बर प्लेट लिन सकिने छ ।

नेपालमा बनेको विद्युतीय बाइक ‘यात्री’ले नम्बर प्लेट नपाएपछि उत्पादन बन्द गर्ने स्थितिमा पुगेको थियो। सवारी दर्ता हुन यातायात तथा सवारी ऐन(२०४९ र बागमती प्रदेश यातायात तथा सवारी ऐनले तोकेको प्रक्रियाले नेपालभित्र बनेका सवारी दर्ता गर्न नमिल्ने भएपछि कानुनी उल्झन परेको थियो ।

हेर्नुस् यातायात व्‍यवस्था विभागले जारी गरेको सूचना :

\"\"