कीवर्डहरू -

अब आइएमई पेमा एनएमबि बैंकको खाता भएकाले सिधै मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न सक्ने

अब आइएमई पेमा एनएमबि बैंकको खाता भएकाले सिधै मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न सक्ने

आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मा अब एनएमबि बैंकको खाता भएका ग्राहकले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।

आइएमई पे र एनएमबि बैंक बीच भएको सम्झौता स्वरुप अब ग्राहकले आफ्नो एनएमबि बैंकको मोबाईल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उदेश्यका साथ सो सुबिधा सुचारु गरिएको कम्पनीको भनाइ छ ।