कीवर्डहरू -

च्याट जीपीटीलाई इटालीले लगाएको प्रतिबन्ध हटायो

च्याट जीपीटीलाई इटालीले लगाएको प्रतिबन्ध हटायो

एआई च्याटबट ‘च्याट जीपीटी’लाई इटालीले प्रतिबन्ध हटाएको छ।

इटालियन डाटा(संरक्षण प्राधिकरणले अप्रिलको सुरुमा गोपनीयता चिन्ताको कारण यसलाई प्रतिबन्ध लगाएको थियो। उक्त एपलाई प्रतिबन्ध लगाउने इटाली पहिलो पश्चिमी देश पनि बनेको थियो।

तर, माइक्रोसफ्टको सहयोगमा रहेको यो निर्माता ओपनएआईले उठाएका मुद्दाहरूलाई सफलतापूर्वक ‘संबोधन वा स्पष्टीकरण’ गरेको बताएको छ।

उसले प्रयोगकर्ताले च्याट जिपीटीमा दर्ता गर्नुअघि आफ्नो गोपनीयताबारे जान्न सक्‍ने र कायम गर्न सक्‍नेछन् ।

ग्रान्टीले ओपन एआइलाई च्याटजीपीटीका प्रयोगकर्ताहरूको उमेर १३ वा माथिको उमेर जाँच गर्न असफल भएको आरोप लगाएपछि ओपन एआइटीले साइन(अप गर्दा इटालीमा प्रयोगकर्ताहरूको उमेर प्रमाणित गर्न एउटा उपकरण प्रदान गर्ने बताएको थियो।

तर ओपन एआईले युरोपेली युनियन प्रयोगकर्ताहरूलाई यसको मोडेलहरू प्रशिक्षित गर्न व्यक्तिगत डेटाको प्रयोगमा आपत्ति जनाउने अधिकार प्रयोग गर्न नयाँ फारम पनि प्रदान गर्ने बताएको छ ।

च्याट जीपीटी अमेरिकाको ओपन एआई स्टार्ट अफ कम्पनीले बनाएको हो। यसलाई माइक्रोसफ्टले लञ्च लगानी गरेको छ।

नियामक निकायले जाँचबुझका लागि तत्काल प्रतिबन्ध लगाएको जनाएको छ। च्याट जीपीटी आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा मानिसलाई विभिन्न प्रकारका प्रश्नको उत्तर दिने गर्दछ। यसले मानिसको जस्तै लेख्ने शैलीलाई नक्कल गर्दछ।

माइक्रोसफ्टले यसका लागि अर्बौं डलर खर्च गरेको छ। पछिल्लो महिना माइक्रोसफ्टले आफ्नो सर्च इन्जिनमा जोडेको थियो।