कीवर्डहरू -

सरकारले महावीर पुनसँग आजै लिखित सहमति गर्छ : प्रधानमन्त्री प्रचण्ड

सरकारले महावीर पुनसँग आजै लिखित सहमति गर्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग आजै सरकारले महावीरसँग लिखित सहमति गर्ने बताएका छन् ।

चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले माइतीघर मण्डलामा बस्नुभन्दा अघिल्लो दिन महावीरसँग छलफल गरेर माग सम्बोधन गर्ने सहमति भइसको भए पनि आज सरकारले लिखित सहमति गर्ने बताएका हुन् ।

चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘माइतीघर मण्डलामा बस्नुभन्दा अघिल्लो दिन महावीर मकहाँ  वालुवाटार आउनुभयो। राम्रो कुराकानी भयो।  उहाँले ४ बुँदे मागहरु दिनुभयो र आविष्कार र नवप्रवर्तनका लागि जीडीपीको एक प्रतिशत बजेट छुट्याउनु पर्ने माग राख्नुभयो। तर विकास बजेटको एक प्रतिशतमा सहमत हुनुभयो।’

बजेटमा उक्त माग सम्बोधन गर्ने सहमति भएपछि हिंड्ने बेलामा महावीरल ‘म त माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदौ रैछ विचार गर्नु पनि छ’ भनेर हाँस्दै निस्किएको प्रचण्डले सुनाए ।

‘म त माइतीघरमा बस्छु विचार गर्छु भन्नुभयो सहज ढंगले । मैले बस्नुस भन्न मिल्दैन बस्नुभयो भने मलाई मद्दत नै हुन्छ भनेँ,’ प्रचण्डले भने, ‘करिबकरिब मैले बुझ्दा त सरकारसँगको सल्लाहमै बसेको बुझेको छु।’

उनले महावीर धर्ना बस्दा उनको माग अनुसारको बजेट छुट्याउन सरकारलाई सहज हुनेसमेत बताए । पहिले नै महावीरको माग सम्बोधन गर्न तयार भइसकेकोले सरकारले वास्ता गरेन भन्नु झुटो भएको उनको भनाइ छ ।