कीवर्डहरू -

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइदै

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइदै

सरकारले मंगलबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउँदै छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धिु भन्‍न  नारासहित सरकारले मंगलबार राष्ट्रिय सभागृहमा राष्ट्रिय आइसिटी दिवस मनाउन लागेको हो । 

सरकारले राष्ट्रिय आइसिटी दिवसको अवसरमा राष्ट्रिय आइसिटी अवार्ड पनि वितरण गर्दैछ । यस वर्ष नेसनल आइसिटी एक्सिलेन्स अवार्ड, नेसनल आइसिटी एक्सिलेन्स अवार्ड ९वुमन०, नेसनल आइसिटी इनोभेसन अवार्ड, नेशनल आइसिटी अवार्ड ९पब्लिक सेक्टर० र नेसनल आइसिटी अवार्ड ९प्राइभेट सेक्टर० गरी पाँच विधामा राष्ट्रिय आइसिटी अवार्ड प्रदान गरिनेछ । 

२०७४ जेठ १९ गते बसेको मन्त्रीपरिषद्‍बाट सो बमोजिम निर्णय भए अनुसार प्रत्येक बर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्‍चार प्रविधि दिवस मनाउन थालिएको हो ।