कीवर्डहरू -

साइबर सुरक्षालाई प्राथमिकतामा राखेको छौः मन्त्री शर्मा

साइबर सुरक्षालाई प्राथमिकतामा राखेको छौः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षालाई प्राथमिकतामा राखेको बताएकी छन् ।

मंगलबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा शुभकामना सन्देश दिदै मन्त्री शर्माले साइबर सुरक्षालाई प्राथमिकता राखेको बताएकी हुन् ।

‘साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाको लागि अध्ययन कार्य अगाडि बढाइएको छ,’ उनको सन्देशमा भनिएको छ, ‘ त्यसका साथै साइबर सुरक्षासम्बन्धी नीति र कानुन निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।’

सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको छ । राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन् । सूचना प्रविधि मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यक सेवाको रूपमा स्थापित भइसकेको छ ।

सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा सरकार दृढ रहेको उनको भनाइ छ ।

सूचना प्रविधिको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको तथा सेवा प्रवाहमा पारदर्शिता, सहजता, छिटोछरितो हुनुको साथै लागत कटौतिमा मद्दत पुगेको शर्माले बताइन् ।

उनका अनुसार सरकारले साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाको लागि अध्ययन कार्य अगाडि बढाएको छ भने साइबर सुरक्षासम्बन्धी नीति र कानुन निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।

तीब्र विकास र उच्च आर्थिक वृद्धिका लागि समय सापेक्ष सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेमवर्क २०७६ जारी गरी कार्यान्वयनमा ल्याइएको छ । तर त्यसको कार्यान्वयन एकदमै सुस्त गतिमा छ ।

‘सुरक्षित सूचना प्रविधिः सुशासन र समृद्धि भन्ने मूल नाराका साथ मंगलबार छैठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै छ । उक्त अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई समेत सम्मान गरिदै छ ।