कीवर्डहरू -

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस सुरू

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस सुरू

सुरक्षित सूचना प्रविधि, सुशासन र सम्वृद्धि भन्ने नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० सुरू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रिमोट थिचेर उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा मन्त्री शर्मासँगै मुख्यसचिव शंकरदास वैरागी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, सह सचिव अनिल दत्त र नेत्र सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, क्यान महासंघका अध्यक्ष रञजीत पोदार, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल लगायत सरकारी तथा निजी क्षेत्रका उच्च अधिकारीको उपस्थिति रहेको छ ।

\"\"

कार्यक्रममा बोल्दै मुख्यसचिव शंकरदास वैरागीले आईसिटी डेमा उपस्थित कम भएकाेप्रति गुनासाे गरेका छन् । उपस्तिथि एक चाैथाई मात्रै रहेको छ ।

दिवसको अवसरमा सरकारले आइसिटीको क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई पाँच वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गर्दैछ ।

सरकारले बुधबारदेखि सातै प्रदेशमा सात दिने सूचना प्रविधि दिवस मनाउने तयारी गरेको छ । सातै प्रदेशमा सात दिने सूचना प्रविधि दिवस नेपाल सरकार, क्यान महासंघ र दूरसञ्चार प्राधिकरण मिलेर गर्ने भएको हो ।