कीवर्डहरू -

नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ वुमनबाट प्राध्यापक तिमिला यामी थापा सम्मानित

नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ वुमनबाट प्राध्यापक तिमिला यामी थापा सम्मानित

नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ वुमनबाट प्राध्यापक तिमिला यामी थापा सम्मानित भएकी छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा सरकारले थापालाई १ लाख नगद र प्रमाणपत्रसहित नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ वुमनबाट सम्मान गरेको हो ।

प्राध्यापक तिमिला यामी थापा नेपालको सूचना प्रविधिको क्षेत्रमा एक अग्रज नाम हो । उनको जन्म सन् १९५१ मा काठमांडौमा भएको थियो । उनले नेपालमा आइएस्सी र भारतको आईआईटी कानपुरबाट इलेक्ट्रोनिक ईन्जिजियरिङ् अध्ययन गरेकी छन् । सूचना प्रविधिमा डी मन्टफोर्ट विश्वविद्यालयबाट मास्टर्स अध्ययन र हल्याण्डमा एक वर्षको प्रणाली र सञ्चार पूर्वाधारको प्रशिक्षण पनि उनले लिएकी छन् ।

यामीको अथक प्रयासले गर्दा नेपालमा पहिलो पटक कम्प्यूटर ईन्जिनियरिङ् प्रोग्रामलाई पाठयक्रममा समावेश गरिएको थियो । सन् १९९१ मा सुरु भएको आफ्नै सफ्टव्येर कम्पनी डिजाइनको नेपाल मार्फत नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, नेपाल खानेपानी कर्पोरेसन, केयूकेएल, ज्योति ग्रुप जस्ता संस्थाहरुमा सफ्टव्येरहरु विकास गरेर प्रयोगमा ल्याएकी थिइन् ।

उनले केही समय प्रधानमन्त्रीको कार्यालय अन्तर्गत आईसीटी सल्लाहकार बोर्डको सदस्य, एकेडेमिक काउन्सिल, अनुसन्धान परिषद, ईन्जिनियरिङ्ग काउन्सिलको गभर्निङ सदस्यको रुपमा काम गरेको अनुभव समेत छ । थापाले नेपाल दुरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोष बोर्डमा रहेर पनि तीन वर्ष सेवा गरेकी छन् ।

सहायक डीनको रुपमासमेत रहेर इन्जिनियरिङ शिक्षालाई व्यवस्थित गर्ने उनको प्रयास छ । २५ वर्ष इन्जिनियरिङ अध्ययन संस्थानमा अध्यापनसँगै विभिन्न विश्वविद्यालयका कोर्स डिजाइनमा पनि काम गरेको अनुभव उनीसँग छ । थापा नेपालमा इलेक्ट्रोनिक्स र कम्प्यूटर इन्जिनियरिङ्को पहिलो महिला प्राध्यापक पनि हुनुहुन्छ ।

प्राध्यापक यमिको योगदान शिक्षा क्षेत्रमा मात्रै होइन, एक आइटी उद्यमी मार्फत विभिन्न सरकारी निकायमा पुर्‍याउन योगदान महत्वपूर्ण छ । आइटी पार्क र आइटी विभागको निमाणर्मा पनि उनको सकृयता रहेको थियो । थापाले लिभिङ विथ आइसिटीले आयोजना गर्ने आइसिटी अवार्डमा वुमन आइकन आइसिटी अवार्ड २०२० पनि प्राप्त गरेकी थिइन् ।

दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा पनि आवद्ध भएर प्राध्यापक तिमिला यमि थापाले सूचना प्रविधिको क्षेत्रबाट राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्‍याएकी थिइन् ।