कीवर्डहरू -

नेसनल आईसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ बाट सर्वोच्च अदालत सम्मानित

नेसनल आईसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ बाट सर्वोच्च अदालत सम्मानित

नेसनल आईसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ बाट सर्वोच्च अदालत सम्मानित भएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा सरकारले १ लाख नगद र प्रमाणपत्रसहित नेसनल आईसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ बाट सर्वोच्च अदालतलाई सम्मान गरेको हो ।

सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै सेवा र सुविधालाई प्रविधिमैत्री बनाउने दौडमा रहेको छ, सर्वोच्च अदालत । २०६२ साल देखि विभिन्न सफ्टवेयर र एप्लिकेशनको प्रयोग मार्फत सेवाहरुलाई डिजिटलाइज गरिएको छ ।

केश म्यानेज्मेन्ट सिस्टम र इ कोर्ट सिस्टम प्रमुख सफ्टवेयरहरु हुन, जसले अदालतमा मुद्धाहरुको बारेमा जानकारी लिन, ट्राक गर्न र आवश्यक विवरणहरु अध्ययन गर्न सघाउ पुर्याउछ । सम्पूर्ण मुद्धाहरु अनलाइन तथा सफ्टवेयर सिस्टमबाट मात्र प्रोसेस हुन्छ र क्यालेन्डर सेट गरिन्छ ।

न्यायधिसहरुले यही सिस्टमहरुको प्रयोगबाट फैसला सुनाउने र विवरणहरु अनलाइन व्याकअप गर्ने गरिन्छ । मुद्धाहरुको र्फैसला, तारेख र अन्य अपडेटहरु बादी र प्रतिवादीहरुलाई एसएमएसबाट पनि अपडेट जान्छ ।  फैसलाहरु जिल्ला, पुनरावेदन, सर्वोच्चमा अनलाइनबाटै पढ्न सकिने व्यवस्था छ ।

आफ्नै भिडियो कन्फ्रेन्सिङ सिस्टम रहेको सर्वोच्चमा सम्पुणर् मुद्धा, फैसला र नजिरहरु डिजिटल र्आर्काभिङमा सुरक्षित गरिएको छ । स्थापनाकालदेखि कै मुद्धाहरु र अन्य कानुनसम्वन्धी जानकारीहरु अनलाइन कानुन शिक्षा पोर्टलबाट लिन सकिन्छ । वेबसाइट मार्फत सर्वसाधारणले पेशी, तारिख, मुद्धाको बिबरण हेर्न सक्छन ।

मुद्धाको नक्कल लिनको लागि काठमाडौं बाहिर जानुपर्ने कतिपय वाध्यतालाई हटाउदै सर्वोच्चले ३७ लाख मिसिलहरु अनलाइनमा राख्ने काम गरिरहेको छ । यसपश्चात, नक्कल लिन फरक जिल्ला वा वाहिर धाउनुपर्ने वाध्यता पनि अन्त्य हुनेछ ।

सर्वोच्चमा २५ जना आइटीका कर्मचारीहरु रहेका छन । सम्पुणर् सिस्टम, एप्लिकेशन र वेबसाइट कर्मचारीबाटै विकास गरिएको हो । आफ्नै डेटा सेन्टर रहेको सर्वोच्चमा आइसिटी मास्टरप्लान र पोलिसी अनुसार काम भइरहेको छ ।

सम्पूर्ण जिल्ला, पुनरावेदन अदालतहरुलाई इन्ट्रानेट मार्फत जोडेर सबैमा डिजिटल प्रणाली लागु गरिएको छ । सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोगमार्फत न्यायलयलाई अझ आधुनिक र व्यवस्थित गर्ने प्रयास जारी छ ।