कीवर्डहरू -

नेसनल आईसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि सम्मानित

नेसनल आईसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि सम्मानित

नेसनल आईसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि सम्मानित भएको छ ।  राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा सरकारले १ लाख नगद र प्रमाणपत्रसहित नेसनल आईसिटी अवार्ड (प्राइभेट सेक्टर) २०२३ बाट इन्फोडेभलपर्स सम्मान गरेको हो ।

विगत दुई दशकदेखि नेपालको सफ्टवेयर क्षेत्रमा काम गरिररहेको अग्रणी कम्पनी हो, इन्फोडेभलपर्स । ३ जनाको सकृयतामा आफ्नै घरको कोठाबाट वि.स २०५९ सालमा सुरु भएको इन्फोडेभलपर्समा अहिले ३५० बढि कर्मचारी कार्यरत छन ।

सहकारी तथा माइक्रो फाइनान्सलाई डिजिटलाइज गर्ने पहिलो प्रयासबाट अघि बढेको इन्फोडेभलपर्सले  नेपाल सरकारका विभिन्न निकाय, सरकारी संघ सस्था, अन्तराष्ट्रिय एजेन्सी लगायतमा महत्वपूर्ण सफ्टवेरहरु विकास गर्दै प्रयोगमा ल्याएको छ । इन्फोडेभलपर्सले नेपालको पहिलो कोर बैंकिङ सफ्टवेयर पुमरीलाई मर्ज गरेर नेपालसहित अन्तराष्ट्रिय बजार विस्तारमा काम गरिरहेको छ ।

इन्फोडेभलपर्सको १० भन्दाबढी महत्वपूर्ण प्रडक्टहरु बजारमा छन् । पुमरी, मोबाइल बैकिङ सेवा, इन्फो ट्याब, वित्तीय सेवा, इन्फिनिटी, इम्पावर लगायतका महत्वपूर्ण प्रडक्टहरुले फिनटेक क्षेत्रलाई डिजिटल युगमा परिवर्तन गर्न सघाँउ पुर्याएको छ ।

यसैगरी आधुनिक बैकिङलाई लक्षित गरेर एआई र क्लाउडमा आधारित अन्तराष्ट्रिय स्तरको नया सफ्टवेयर विकासको क्रममा कम्पनी रहेको छ ।

कम्पनीले आफ्ना प्रडक्टहरुलाई नेपाल बाहिर म्यानमार, भुटान, भारत र अन्य देशहरुमा पनि विस्तार गरिरहेको छ । नेपालकै लागि सफ्टवेयरहरु विकास गर्दै सफ्टवेयर उद्योगमा बलियो उपस्थिती जनाएको कम्पनीले अफसोर्सलाई जोड दिइरहेको छ ।

कम्पनीले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ५ भन्दाबढि अवार्ड प्राप्त गरिसकेको छ ।  वार्षिक ६५ करोडबढिको कारोबार गरिरहेको कम्पनी इन्फोडेभलपर्सले डिजिटल नेपाल तथा डिजिटल रुपान्तरणको प्रयासमा राष्ट्रको लागि महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।