कीवर्डहरू -

नेसनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) २०२३ बाट गर्भनेन्स अटोमेसन सोलुसन प्रालि सम्मानित

नेसनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) २०२३ बाट गर्भनेन्स अटोमेसन सोलुसन प्रालि सम्मानित

नेसनल आइसिटी अवार्ड प्राइभेट सेक्टर २०२३ बाट गर्भनेन्स अटोमेसन सोलुसन प्रालि सम्मानित भएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा सरकारले १ लाख नगद र प्रमाणपत्रसहित नेसनल आईसिटी अवार्ड २०२३ बाट गर्भनेन्स अटोमेसन सोलुसन सम्मानित गरेको हो ।

सरकारी सेवालाई अटोमेसन तथा डिजिटलाइज गर्ने उदेश्य सहित २०७६ सालमा सुरु भएको कम्पनीले एक दर्जनबढि प्रडक्टहरुको विकास गरेर प्रयोगमा ल्याइसकेको छ ।

कम्पनीले विशेषगरी काठमाडौं वाहिर स्थानिय र प्रदेश सरकारका सेवाहरुलाई प्रविधिमैत्री बनाउने अभियानमा काम गरिरहेको छ ।

इ क्याबिनेट, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम, कम्युनिकेशन मिडिया रजिस्ट्रेसन सिस्टम, इ लेगिस्लेसन सिस्टम, रेन्टल म्यानेज्मेन्ट सिस्टमहरु, विभिन्न प्रदेश र स्थानिय सरकारले प्रयोग गरिरहेका कम्पनीका प्रडक्टहरु हुन ।

यसैगरी शिक्षा व्यवस्थापन प्रणाली, हस्पिटल व्यवस्थापन र ल्याब्रोटरी व्यवस्थापन सफ्टवेयर सिस्टमहरु मार्फत देशभरी सेवा विस्तार गरिरहेको कम्पनीले तिनै तहका सरकारलाई डिजिटल रुपान्तरणको प्रयासमा सघाइरहेको छ ।

स्थापना भएको छोटो अवधिमा नै कम्पनीले ३ करोड हाराहारीमा वार्षिक कारोबार गरिरहेको छ । २५ बढि दक्ष जनशत्ती मार्फत काम गरिरहेको कम्पनीले युएनडिपी लगायतका अन्तराष्ट्रिय सस्थाहरुसँगको सहकार्यमा डिजिटलाइजेसनको काम गरिरहेको छ ।

नवप्रर्तक कम्पनीको रुपमा काठमाडौं बाहिर केन्द्रित रहेर सूचना प्रविधिको प्रयोग मार्फत राष्ट्रको लागि कम्पनीले महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।