कीवर्डहरू -

नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२३ बाट प्रिक्सा टेक्नोलोजी सम्मानित

नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२३ बाट प्रिक्सा टेक्नोलोजी सम्मानित

नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२३ प्रिक्सा टेक्नोलोजीले प्राप्त गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा सरकारले १ लाख नगद र प्रमाणपत्रसहित नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२३ बाट प्रिक्सा टेक्नोलोजी सम्मानित भएको हो ।

नेपालमा पहिलोपटक नेपाली टेक्स्ट टु स्पिच, स्पिच टु टेक्स्ट र एआईसगको कुराकानी जस्ता इन्नोभेटिभ प्रडक्टहरुको विकास गरेको कम्पनी हो प्रिक्सा । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग मार्फत नेपाली भाषाको शब्दहरु सजिलै अडियो र अडियोबाट शब्दहरुमा परिवर्तन गर्ने प्रडक्ट रिरीले हाम्रो दैनिक कामकाज र अध्ययनमा सहजता ल्याउनेछ ।

कम्पनीले अनलाइन मिडियाहरुलाई लक्षित प्रडक्ट स्नोवेरी पनि प्रयोगमा ल्याएको छ । यसले डेटा एनालाइसिस गरेर पाठकलाई सोही अनुसारको सहज र सुरक्षित कन्टेन्टमा पहुच दिन्छ ।

प्रिक्साले व्यवसायिक सस्था तथा स्टार्टअपहरुको लागि क्लाउडमा आधारित सास प्रडक्ट पोमेलोएचआरएम प्रडक्ट पनि उपलब्ध गराएको छ । यसैगरी नेपाली स्पेल चेकिङ प्रडक्ट पाण्डुलिपी र आइओटी प्रडक्टहरुमा पनि कम्पनीले काम गरिरहेको छ ।

कम्पनी स्थापनाको छोटो अवधिमा नै ७० जना कर्मचारीहरुले प्रिक्सामा काम गरिरहेका छन । हाम्रा विद्यमान समस्याहरु समाधान गर्नसक्ने र सहज प्रयोगमा ल्याउन सकिने इन्नोभेसनहरुको विकास गर्दै जाने कम्पनीको लक्ष्य छ । फ्रम नेपाल टु द वल्र्डको नारा सहित आफ्ना इन्नोभेसनहरु विश्वमा विस्तार गर्ने योजना सहित कम्पनीले काम गरिरहेको छ ।